काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ । युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।
नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए । यस्तै, कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।
विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।
दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे । पहिलो खेलमा नेपालले हिजो शुक्रबार सिंगापुरलाई हराएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
