सर्वोच्चले पनि रोक्यो सन्दीपलाई, क्रिकेट खेल्न विदेश जान नपाउने

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको छ। लामिछानेले बिहीवार सर्वोच्चमा विदेश जान पाउनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पूर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए।

Advertisement

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

More News last news
Loading...