तुलसीपुरमा यी दुई भाग्यमानी, जसले जिते चिट्ठामा नयाँ बस

दाङ । दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले आफ्ना व्यवसायीहरूलाई चिट्ठा प्रणालीबाट नयाँ बस उपहार प्रदान गरेको छ। दाङको तुलसीपुरमा दुई जनाले आज मङ्गलवार चिट्ठामा नयाँ बस जितेका हुन्।

लाखौँ मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका २ का विशाल चन्द र दाङको बबई गाउँपालिका ७ मलैका विष्णु पुनले चिट्ठामार्फत जितेका हुन् । दुवै जना राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालीमा आबद्ध गाडी धनीहरू हुन्।

Advertisement

त्रिशिद्धेश्वरी यातायात प्रालीले आफ्नो संस्थामा आबद्ध झन्डै छ सय जना गाडी धनीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको हो। चिट्ठा परेको बसको बारेमा दुवै जनाले आपसी सल्लाह गरेर अगाडि बढ्ने भएका छन्।

चन्द र पुन दुवै जनाको बस त्रिशिद्धेश्वरी यातायात प्रालिमा आबद्ध रही सञ्चालन हुँदै आएका छन् । नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द अहिले तुलसीपुरको बसपार्क काउन्टरमा कार्यरत हुनुहुन्छ। उहाँले २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किन्नुभएको थियो । त्यो बस अहिले पनि दाङ–सल्यान–रुकुमसम्म सञ्चालन हुँदै आएको छ।

More News last news
Loading...