‘बुस्टर डोज’ का लागि थप ३ लाख ४५ हजार मात्रा खोप आइपुग्यो

काठमाडौं l कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आइपुगेको छ। सोमबार बिहान तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको हो। सोमबारसम्म बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ। अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।

Advertisement

यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो। गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ। नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ।

बाँकी खोप फागुन ११ र १५ गते पनि ल्याइने छ। छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो।

More News last news
Loading...