आईसीसी विश्वकप क्रिकेट लिग टू : नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं l आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज नेपाल र नामिबियाबीचको खेलमा नेपालले ३ विकेटले जितको हो।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै २७८ रन जोड्दै लक्ष्य भेट्याएको हो।

Advertisement

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका छन्। नेपालका लागि ज्ञानेन्द्र मल्ल आउट ७४ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६५ रनमा आउट भए। ओपनर आशिफ शेखले ९८ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ८१ रनमा आउट भए।

कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन जोड्दै आउट भए। यस्तै कप्तान रोहित पौडेल ४३ बलमा ५ चौका प्रहार गर्दै ३९ रन जोडे। नामेबियाका लागि जेन ग्रिनले ७५ रन जोड्दा लोअरेन्सले ४१ रनको पारि खेले।

नेपालले यसअघि नामेबिया र स्कटल्याण्डलाई पराजित गरेको थियो। नेपालले मंगलबार अर्को खेल स्कटल्याण्डविरुद्ध खेल्नेछ।

More News last news
Loading...