काठमाण्डाै । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ।
गए राति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित हुनुभएको छ।
यस्तै, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ।
अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । मतपरिणामकाे औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
