काठमाडौँ । दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा आयोजना हुने तय भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।
भारतमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने अझै तय भएको छैन । आगामी मार्च १० मा आयोजना स्थल तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
