आईसीसी क्रिकेट विश्वकप लिग : नेपाल, नामिबिया शृखंला आजदेखि सुरु

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। शृखंलाको पहिलो खेलमा घरेलु टोली नेपालले आज नामबियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

लिग टु मा नेपालले तीन वर्षपछि घरेलु मैदानमा खेल्दैछ भने नामबायले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो । नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिका सहितको लिग टु शृखंला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौं आएर नेपालसँग दुई खेल खेलेको थियो।

Advertisement

नेपालले लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियामा गएर शृखंला खेलिसकेको छ। लिग टु मा नेपालले नामिबियालाई हराउन सकेको छैन। त्यसैले आजको खेलमा नेपालको सबै शक्ति घरेलु मैदान र दर्शकमाझ नामिबिलाई हराउनेतर्फ हुनेछ।

स्कटल्याण्डमा भएको शृखंलामा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो। यस्तै नामिबियामा गत डिसेम्बरमा भएको शृखंलामा नेपाल एक खेलमा नामिबियासँग पराजित भएको थियो । एक खेल भने वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेको थियो।

नेपालको लागि ओडीआई मान्यता बचाइराख्न यो शृखंला महत्वपूर्ण रहेको छ । यस्तै नयाँ प्रशिक्षक मोन्टी देसाइले यही शृखंलाबाट नेपालको प्रशिक्षण सुरु गरेका छन्।

लिग टु मा नेपाल भर्सेस नामिबिया हेड टु हेड :

ओडीआई खेल : ४

नामिबिया जित : ३

नेपाल जित : ०

नतिजाविहीन : १

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, सूर्य तामाङ ।

More News last news
Loading...