विश्वकप लिग-२ का लागि सन्दीपसहित १४ सदस्सीय नेपाली टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई समावेश गर्दै १४ सदस्सीय टिम घोषणा गरेको हो ।

क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।

Advertisement

तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।

More News last news
Loading...