काठमाडौँ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाे छ। बङ्गलादेशकाे ढाकामा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ३–० गाेलले पराजित भयाे ।
पहिलाे हाफमा दुई गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा एक गाेल थप्याे । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १/१ गोल गरे। लिग चरणकाे अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेकाे नेपाल उपविजेता बन्न पुग्याे ।
बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्याे । नेपाल लिग चरणकाे खेलमा पनि बङ्गलादेशसँग ३–१ गाेलले पराजित भएकाे थियाे।प्रतियाेगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानकाे सहभागिता रहेकाे थियाे ।
सिङ्गल राउन्ड राेबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीकाे रूपमा फाइनलमा पुगेका हुन् ।यसअघि १८ र १९ वर्षमुनिकाे फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिकाे फर्म्याटमा भएकाे हाे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
