काठमाण्डौँ l लामो समय देखी सम्मान र प्रोत्सानका लागि बिन्ध्यवासिनी फाउण्डेसनले आयोजना गर्दै आएको बिन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्षका लागि पनि घोषणा भएको छ।
माघ २१ गते काठमाडौँमा सम्पन्न भएको बिन्ध्यवासिनी फाउण्डेसनको नवौं बार्षिक भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ घोषणा गर्दै सम्मानित हुने व्यक्तित्वहरुको नाम अनुमोदन समेत गरेको छ।
बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानको स्मरणमा “प्रेमध्वज संगीत रत्न सम्मान”बाट रु २५,०० नगद सहित गायक श्री भबीन ढुङ्गानालाई सम्मान गर्ने निर्णय गरेको छ ।
संगीत साधना सम्मान २०७९ बाट रू ५०,००० नगदसहित वरिष्ठ गायिका शुक्मित गुरूङ, बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०७९ बाट रू २५,००० नगदसहित पत्रकार नरेश भट्टराई, बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०७९ बाट रू १,००,००० नगद सहित संगीतकार प्रकाश गुरूङलाई सम्मान गर्ने निर्णय भएको छ। संस्थाले बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औं संस्करण आगामी चैत्रमा सम्पन्न गर्ने निर्णय भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
