काठमाडौं । मलेसिया सरकारले पनि अब नेपाली कामदारलाई आफ्नै देशका कामदारअनुसार सेवा सुविधा दिने भएको छ ।
नेपाल भ्रमणका लागि नेपाल आउनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच आज काठमाडौंमा भएको छलफलमा नेपाली कामदारहरूलाई पनि मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने सहमती भएको हो।
मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिनुभएको छ।
बैठकमा श्रम सम्झौता नविकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नविकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताउनुभयो। त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उहाँले जानकारी दिनुभयो। मलेसियाले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
