काठमाडौँ । यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी श्रेष्ठसँग मंगलबार भएको छलफलमा उनीहरुले सवारी दुर्घटनामा सबैभन्दा बढी जोखिम दुई पांग्रे सवारीमा हुने भएकाले हेल्मेट अपरिहार्य रहेको बताएका थिए।
ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी, रोड सेफ्टी अलायन्सका प्रतिनिधिहरुले सुरक्षा सावधानीका लागि यस्तो व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। विगतमा यस्तो प्रावधान लागू गर्दा अनावश्यक विवाद भएको उल्लेख गर्दै ट्राफिक प्रहरी प्रमुख चौधरीले यसबारे सबै निकायहरुको एकै धारणा हुनुपर्नेमा जोड दिइन्।
उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरुलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता जनाएका छन् । उनले सुरक्षाका लागि यस्तो व्यवस्था उपयुक्त हुने तर व्यक्तिहरु आफैं सचेत बन्नुपर्नेमा जोड दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
