गृह मन्त्रालय नपाए आजै बेलुका सरकार छाड्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिनु भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्ने भनेको सभापति लामिछाने निकट स्रोतले जनाएको छ ।नागरिकता विवादमा लामिछानेको सांसद पद गएपछि उहाँले उपप्रधान तथा गृहमन्त्रीबाट समेत राजीनामा दिनुभएको थियो ।

Advertisement

तर लामिछानेले गत आइतबार पुनः नागरिकता लिईसकेकाले गृहमन्त्रीमा पुनः नियुक्ति चाहनु भएको हो । प्रतिनिधि सभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् । प्रधानमन्त्री प्रचण्ड भने गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने अडानमा हुनुहुन्छ ।

More News last news
Loading...