एसियन बक्सिङमा रजत जितेकी सुष्मा सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट

काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन्।

नेपाल बक्सिङ संघले आज एक विज्ञप्ती जारी गर्दै ऐतिहासिक मेडल जितेको अवार्ड स्वरुप तामाङलाई सिंधै भारतमा हुने वर्ल्ड च्याम्पियनसिपमा छनोट गराउने भएको हो। संघले जारी गरेको विज्ञप्तिमा यही माघ २४ देखि २६ गतेसम्म विभिन्न तौल समूहमा छनोट प्रतियोगिता गराउने जनाएको थियो।

Advertisement

‘नेपाल बक्सिङ संघको निर्णय अनुसार ४८ किलो तौल समुहमा एसियन यू-२२ मा रजत पदक जितेको हुनाले अवार्ड स्वरुप सुष्मा तामाङलाई छनौट गरि सिधै वर्ड च्यम्पियनसिप प्रतियोगितामा सहभागी गराउने निर्णय गर्दै थप ५४ किलो तौल समुहको पनि छनौट गर्ने समेत निर्णय भएको जानकारी गराउदछौं’, बक्सिङ संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

थाइल्याण्डमा भएको एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउँदै छन्।

More News last news
Loading...