राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवालीसहित ३ जना नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् । बैठकले परराष्ट्र मन्त्रालय अन्तरगत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

Advertisement

यसैगरी ऊर्जा मन्त्रालय अन्तरगत अमरपुर ढुंडगेसाँगु आयोजनाका बनाउन जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने, श्रीलंकाको राष्ट्रिय स्वतन्त्रता दिवसमा परराष्ट्र मन्त्री जाने लगायतका निर्णय पनि भएको शर्माले जानकारी दिइन्।

More News last news
Loading...