आजदेखि पासपोर्टका लागि एक महिनाको अग्रिम अनलाइन आवेदन दिने व्यवस्था

काठमाडौं । राहदानी विभागले आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ ।

विभागका अनुसार सेवा सहज बनाउन आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था थियो ।

Advertisement

यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागको विश्वास छ । विभागका अनुसार आज १६ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।

More News last news
Loading...