एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रबि लामिछाने

काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गृहमन्त्रीमा पुनर्बहालीको माग गर्न बालुवाटार पुगेका रवि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे लगत्तै बालकोट गएका हुन्।

आइतबार बालुवाटारको भेटघाटमा रेखा शर्मा, विष्णु पौडेल र रवि लामिछाने सहभागी थिए। लामिछाने बालुवाटार पुग्नु अघि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए।

Advertisement

रविलाई पुरानै मन्त्रालयमा फर्काउन एमाले अध्यक्ष ओली सकारात्मक भएपनि प्रधानमन्त्री प्रचण्ड भने तत्काल दिने पक्षमा नदेखिएपछि ओलीलाई भेट्न रवि बालकोट पुगेका हुन्।

लामिछानेले गृहमन्त्री पदको पुनर्बहाली गर्न माग गरे पनि प्रधानमन्त्रीले गृह मन्त्रालयले हाललाई आफैँसँग रहने जवाफ दिएका थिए।

More News last news
Loading...