राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र दलको नेतामा डोलप्रसाद अर्याल चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो । बैठकमा रवि लामिछाने उपस्थित भएनन् ।

Advertisement

शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् ।

More News last news
Loading...