रवि लामिछानेको सांसद पद चैट भएपछि चिवतन–२ मा उपनिर्वाचन हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद पद गएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ।

यसमा लामिछाने दोषी ठहर भएका हुन् । उनको सांसद पद गएसँगै उनले जितेको चितवन–२ मा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको हो ।

Advertisement

लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद् हुन अयोग्य रहेको फैसला गरेको हो। इजलाशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा थिए।

More News last news
Loading...