काठमाडौं । आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्यले लेखेको फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध प्रहरीमा उजुरी परेकाे छ।
अधिवक्ता स्वागत नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध उजुरी दिनु भएकाे हाे। मृतक आर्चायले विभिन्न व्यवसायीका कारण आफू आत्मदाह गर्न बाध्य भएको भन्दै लामो स्टाट्स लेखेका थिए।
आचार्यले मंगलबार काठमाडाैंकाे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफैँमाथि आगाे लगाएका थिए। उनकाे उपचारका क्रममा बुधबार कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे थियाे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
