राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि बुधबार मनोनयन दर्ता गरिने भएको छ। माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिन लागेको हो।

नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य बन्नु भएका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिनु भएपछि उहाँको पद खाली थियो । भट्टराईको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो ।

Advertisement

उक्त पदमा सत्तारूढ दलबाट रोल्पा निवासी एमालेका कुमार दसौदीले मनोनयन दर्ता गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदैछ ।

बिहीबार उम्मेदवारबारे उजुरी दिने, शुक्रबार र शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन्।

More News last news
Loading...