सोलुखुम्बुमा अत्यधिक चिसो, धारामै जम्यो पानी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अत्यधिक चिसोका कारण पानी जम्न थालेको छ । खुम्बु क्षेत्रमा अहिले पिउने पानीको समस्या समेत भएको छ । दिउँसो घाम लागे पनि जमेको पानी पग्लिन नसक्दा दैनिकी कष्टकर बन्नेको स्थानीयले बताएका छन्।

खुम्बु क्षेत्रमा खानेतेल र घरभित्र राखेको पानीसमेत जमेर ढिक्का बन्ने गरेको उनीहरुले बताएका छन् । यतिबेला खुम्बु क्षेत्रका अधिकांश बासिन्दा तथा होटल व्यवसायी जाडो छल्न जिल्ला बाहिर गएका छन् भने चिसोका कारण पालिकाभित्रका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द भएका छन्।

Advertisement

यस वर्ष हिउँ नपरे पनि चिसोका कारण पानी जम्न थालेको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार त्यस क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्रीसेल्सियस सम्म पुग्ने गरेको छ।

More News last news
Loading...