संसद्मा केसीका प्रश्नै प्रश्न, ‘छातीमा मुड्कीले हानेर कांग्रेसलाई समर्थन गर्दैछु’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बाध्य भएर समर्थन गर्नुपरेको बताउनुभएको छ ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्यौपानेको समर्थनमा बोल्दै उहाँले भन्नुभयो, ‘छातीमा मुड्कीले हानेर भए पनि ईश्वरीलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’

Advertisement

अध्यक्ष केसीले अहिलेको संसद्को दृश्य निकै डरलाग्दो देखिएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृह मन्त्री रवि लामिछाने र सहरी विकास मन्त्री विक्रम पाण्डेप्रति इङ्गित गर्दै उहाँहरूको योग्यता के हो भनेर प्रश्न पनि गर्नुभयो ।

अध्यक्ष केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको देशका लागि हितकर नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्न गर्नुभयो ।

More News last news
Loading...