सभामुखमा कांग्रेसले उम्मेदवारी दिने, निर्णय गर्न पदाधिकारी बैठक जारी

काठमाडौं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको हो।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने जनाइएको छ। सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

 

Advertisement

More News last news
Loading...