यी हुन् मन्त्रीमा फाइनल भएका एमाले नेताहरु

काठमाडौं । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) बाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन्। सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो।

यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन्। मंगलबार नियुक्त हुने मन्त्रीहरूमा डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेको एमाले स्रोतले जनाएको छ । यस्तै, राज्यमन्त्रीमा किरण साह र राजकुमार गुप्ता रहेका छन्।

Advertisement

यसअघि एमालेबाट मन्त्री बनेका राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले मन्त्रालय पाउन सकेका छैनन् । मंगलबार उनीहरूको जिम्मेवारी समेत तोकिने छ । स्रोतका अनुसार एमालेले अर्थसहित परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ।

More News last news
Loading...