काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक रूपमा बसेकाे बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाे बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसाे बसेकाे मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनाकाे बारेमा छानबिन गर्नका समिति गठन गरेको हाे। सोमबार विमान दुर्घटनाको शोक घोषणा समेत गरेकाे एक मन्त्रीले जानकारी दिए।
आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्नका लागि समेत बैठक बसेको हाे। पोखरामा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटनामा परेको थियाे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
