काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउनुभएको हो ।
उहाँले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताउनुभयो । उहाँले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताउनु भयो।
उहाँले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताउनुभयो । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा बुधबार चियापान कार्यक्रम गर्ने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
