प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। अहिले संसद्‌ भवन नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

कांग्रेसले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। बैठकमा कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रचण्डलाई विश्वासको मत दिन नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ राखेका छन्। प्रधानमन्त्री प्रचण्डले अहिले १ बजे संसद्‍मा विश्वासको मत लिदैछन्।

Advertisement

More News last news
Loading...