सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ। सोमबार एक कार्यक्रमबीच सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक गरेको हो।
गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम हस्तान्तरण गरे। अध्यक्ष ओलीले सरकारले विश्वासको मत लिएपछि सो कार्यक्रमहरुको कार्यान्वयनमा सरकार तिव्रताका साथमा लाग्ने विश्वास व्यक्त गरे।
न्यूनतम कार्यक्रममा जनसरोकार र सेवा प्रवाहको विषयलाई मुख्य रुपमा जोड दिइएको छ। २१ बुँदामा ल्याइएको कार्यक्रममा नागरिकताको विषयलाई पहिलो नम्बरमा राखिएको छ। कुनै पनि नेपाली नागरिक अनागरिक हुन नदिने प्रतिबद्धता गरिएको छ भने ६ महिनाभित्र नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने उल्लेख गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
