मलेसियामा बन्धक नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न पहल सुरु गरेको छ। वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

Advertisement

More News last news
Loading...