सरकारको न्यूनतम साझा कार्यक्रम भोलि सार्वजनिक हुनसक्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लागेर भोली सार्वजनिक हुन सक्ने बताएका छन् ।

बिहिबार मन्त्रिपरिषदको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले न्यूनतम साझा कार्यक्रम निर्माणको अन्तिम चरणमा पुगेको जानकारी गराए । हरेक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले आजसम्म अन्तिम रुप दिएर भोली सार्वजनिक हुने सम्भावना रहेको बताएका छन् ।

Advertisement

आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वाथ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको बताउदै उहाँले न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने बताउनुभयो ।

More News last news
Loading...