राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्‍यो विज्ञको टोली

काठमाडौं । राहदानी तथा नागरिकता वितरण सहज बनाउन गृह मन्त्रालयले विज्ञहरुको टोली गठन गरेको छ।

राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र लिन सर्वसाधरणलाई हुँदै आएको सास्ती हटाउन गृहमन्त्री रवि लामिछानेले पहलकदमी अगाडी बढाएसँगै आज मन्त्रालयले विज्ञको टोली गठन गरेको हो ।

Advertisement

यस विषयमा गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यो विषयमा छलफल गर्नुभएको थियो।सो क्रममा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा पनि जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिनुभएको थियो।

अब विज्ञको टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...