मोबाइलमा गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । भन्सार घोषणा नभएका मोबाइल बन्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० मा दर्ता नभएका मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागेको थियो ।

Advertisement

भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणको दाबी छ।

प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर आजदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने बताएको थियो। प्राधिकरणले व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने नियम बनाएको थियो ।

 

 

More News last news
Loading...