रवि लामिछाने गृह पुगे लगत्तै मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न थालिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टींका अध्यक्ष रवि लामिछाने उपप्रधान सहित गृह मन्त्रालयको नेतृत्वमा पुगे लगत्तै गरिएको निर्णयपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका हुन् ।

बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी–सशस्त्र प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो ।

Advertisement

त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो । राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेका छन् । तर, मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेताहरुको सुरक्षामा मापदण्ड विपरित खटिएकालाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो। त्यही अनुसार हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा खोसिएपछि उहाँले आफ्नो सुरक्षामा जनमुक्ति सेना राख्नुभएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सुरक्षाकर्मी कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

More News last news
Loading...