काठमाडौँ । गण्डकी ११ स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो एफसीसँगकाे मैत्रीपूर्ण फुटबलमा पराजित भएकाे छ। पोखरा रङ्गशालामा आज बुधवार भएकाे खेलमा स्पेनी क्लब कासेरेन्यो एफसीले गण्डकी-११ लाई तीन-शून्य गाेलले हरायाे।
उसका लागि कारमेलो, बेरमु र माइकल कारलेरोले एक/एक गोल गरे । गण्डकी–११ को टिमकाे कप्तानी अनिल गुरुङले गरेका थिए। याे खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ पनि दाेस्राे हाफमा मैदान प्रवेश गर्नुभएकाे थियाे।
स्पेनी टोलीले भाेलि बिहीवार काठमाडौँ–११ सँग काठमाडौँकाे दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । काठमाडौँ-११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन्। लुम्बिनी गार्डेन फाउन्डेशनकाे आयोजनामा स्पेनी टाेली दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएकाे हाे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
