देउवाकै ज्योतिषसँग हेराएर प्रचण्ड बालुवाटार प्रवेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषले जुराएको साईतअनुसार नै प्रधानमन्त्री दाहाल आज साँझ ६ः४५ बजे बालुवाटार प्रवेश गरेका हुन् ।

सो क्रममा बालुवाटारको सरकारी निवासको चाबी सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । दाहालको सचिवालयले ज्योतिषी टीकाराम घिमिरेसँग साइत मागेको हो ।

Advertisement

उनले आज साँझ ५ बजेको साइत जुराईदिएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनै ज्योतिष घिमिरेसँग हेराएर बालुवाटार प्रवेश गरेका थिए । अहिले दाहालले देउवाको पथ पछ्याएको चर्चा छ ।

More News last news
Loading...