काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया चलिरहँदा यतिवेला कुन दलले कुन मन्त्री लिने भन्ने चर्चा सुरु भएको छ। नेकपा एमालेले १० मन्त्रीमा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले बाँकी ६ मन्त्रालयमा दाबी गरेको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ। उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सत्ता गठबन्धनका सात दलका नेताको बैठकमा आफूहरुलाई पाँच मन्त्रालय चाहिने अडान राख्नुभएको छ। स्रोतले बताएअनुसार शिक्षा र स्वास्थ्यमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान रास्वपाको छ।
त्यस्तैगरी कानुन, कृषि, पर्यटन र युवा तथा खेलकूद मन्त्रालय पाउनुपर्ने दाबी सो पार्टीको रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले तीनभन्दा बढी दिन नसकिने अडान राख्नुभएको छ।
सत्ता साझेदार अरु दलहरु जसपाले ३, जनमत पार्टीले २ र नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरेका छन् । २५ वटा मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
