गृहमन्त्री लामिछानेको पहिलो निर्णयः निर्मलाका हत्यारा पत्ता लगाउन निर्देशन

काठमाडौं l नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन्।

उनले मन्त्रालयका अधिकारीहरूले तयार पारेको निर्णयमा हस्ताक्षर नगरी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहलकदमी गर्ने पहिलो निर्णय गरेका हुन्।

Advertisement

उनले गृहका अधिकारीहरूलाई निर्मला पन्तको न्यायका लागि अहिलेसम्म भइरहेको प्रयासबारे जानकारी गराउन भन्दै उनको न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णय गर्ने बताए।

गृहका अधिकारीले हस्ताक्षरका लागि ल्याएको फाइललाई तत्काललाई थाती राख्न भन्दै उनले निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्नेगरी अर्को फाइल उठाउन निर्देशन दिएका थिए।

More News last news
Loading...