काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थ नगरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ।
आज (सोमबार) डिल्लीबजार कारागारमा पार्टीका संस्थापक रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलले सरकारमा सहभागी नहुने निर्णय गरेको हो।
राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ। राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो।
यता, प्रधानमन्त्रीमा दाहाललाई समर्थ गरेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने भएको छ। आज (सोमबार) डिल्लीबजार कारागारमा पार्टीका संस्थापक रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिएपनि तत्काल सरकारमा नजाने निर्णय गरेको उक्त पार्टीे जनाएको छ । सो दलले सरकारमा सहभागी हुनका लागि केही शर्त राखेको छ । पहिले सरकारले रेशम चौधरी लगायतको रिहाइ गर्नुपर्ने माग छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
