नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण दिउँसो ४ बजे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपराह्न: ४ बजेका लागि समय तय भएको छ।

Advertisement

यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ जना सदस्यको समर्थनसहितको दाबी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।

More News last news
Loading...