सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा ७६ (२) अन्तर्गतको प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्।
शीतल निवास पुगेर प्रचण्डले १५४ सांसदको समर्थनको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् ।

एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ र जनमुक्तिका ४ सांसदले प्रचण्डलाई समर्थन गरेका छन् ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा)का १२ सांसदले पनि प्रचण्डलाई सहमति गर्ने पक्का भइसकेको छ । तर, जसपाले संसदीय दलको नेता नचुनेकाले उसले पत्र दिएको छैन ।

More News last news
Loading...