हुस्सु हट्न थालेसँगै त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट उडान अवतरण सुरु भएको छ । हुस्सु हट्न थालेसँगै उडान अवतरण सुरु भएको हो ।

बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन। अवतरण गराउन नसक्दा दिल्ली, क्वालालम्पुर र सारजाहबाट आएका जहाज आकाशमै होल्ड गरिएको थियो।

Advertisement

आन्तरिकतर्फ भने केही ठाउँमा अझै उडान हुन सकेको छैन। मौसम खुलेपछि चाप पर्ने भएकाले आन्तरिक उडानमा केही ढिलाइ हुन सक्ने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।

More News last news
Loading...