काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ।
मुख्यसचिव पौडेलले भने, “बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।”
उनले बैठकमा समसामयिक राजनीतिक विषयसँगै नयाँ सरकार गठन, पार्टीको संसदीय दलको निर्वाचनमा सहमति कायम गर्नेसहित विभिन्न विषयमा छलफल हुने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
