साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौँ । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे। फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे । अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ।

Advertisement

पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ। फ्रान्सले यसअघि सन् २०१८ मा रुसमा भएको विश्व कपको उपाधि जितेको थियो । साथै फ्रान्स सन् १९९८ को विश्व कप विजेता टोली पनि हो।

More News last news
Loading...