काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरिएकोमा कोभिड महामारीका कारण कार्यक्रम स्थगित भएको थियो ।
नेपालस्थित जापानको दूतावासले भोली नेता पौडेललाई उहाँको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने तयारी रहेको बताएको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने तयारी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
