निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय 

काठमाडौं । निर्वाचन आयोगले सोमबार (आज) देखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ। आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहिता आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो।

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंहिता निष्क्रिय हुने भएको जनाएको छ ।

Advertisement

 गएको मंसिर ४ गते देशैभर एकै पटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुनः मतदान गरिएको थियो।

More News last news
Loading...