‘८० को एसईईका लागि नयाँ पाठ्यक्रम आउँदै’

काठमाडौं । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ।

पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो। केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ।

Advertisement

‘वि.सं. २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यक्रम अध्यापन गरिने छ’, केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भन्नुभयो, ‘आउँदो वर्ष एस्ईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यक्रम पढ्नुपर्नेछ।‘

उहाँका अनुसार कक्षा ८ र १० को अंग्रजी, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम तयार भइरहेको छ । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

More News last news
Loading...