निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक भोलि बस्दै, सरकार गठनबारे छलफल हुने

काठमाडौं । आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार (भोलि) दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिनुभयो ।

Advertisement

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्त्वपूर्ण पदहरूमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ ।

More News last news
Loading...