एजेन्सी । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँगको खेलमा आज ३ विकेटले पराजित भएको छ। यो नेपालको दोस्रो खेल हो।
१ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभर ५ बल खेल्न बाँकी रहँदै ७ विकेट गुमाएर पार गर्यो।
स्कटल्याण्डलाई विजयी बनाउन क्रिस्टोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन हिर्काए भने ब्रेन्डन म्याक्कुलमले अविजित ३ र मिचेल लिक्सले २२ रन बनाए। जर्ज मुन्सी भने १७ रन बनाएर आउट भए।
नेपालका सागर ढकाल, ललितनारायण राजवंशी र गुल्सन झाले समान २/२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर ब्याटिङ थालेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै १३७ रनमात्र बनायो।
नेपालका गुल्सन झाले सर्वाधिक २९ रन जोडे। ज्ञानेन्द्र मल्ले २५ तथा अर्जुन साउदले १८ रन बनाए। कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ क्रिस सोलले सर्वाधिक ३ तथा मार्क वाटले २ विकेट हात पारे। ब्रान्डन म्याककुलम, सफायान सरिफ र माइकल लिस्कले १-१ विकेट लिए। दोस्रो ओभरमै विकेट पहिलो गुमाएपछि धर्मराएको नेपाली टोलीको इनिङ ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले सम्हाल्ने प्रयास गरे पनि स्कोर उकास्न भने सकेनन्।
दोस्रो ओभरको चौथो बलमा ओपनरका रुपमा आएका आशिफ शेख ७ रन बनाएर आउट भए। अर्जुन साउद पनि १८ रन बनाउँदै रन आउट भएपछि नेपाली टोली थप दबाबमा पर्यो।
स्कटल्याण्डका बलरसामु नेपालका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन्। वर्षाका कारण पहिलो खेल अवरुद्ध भएसँगै घरेलु टोलीसँग अंक बाँडेको नेपाल आजको दोस्रो खेलमा जित निकाल्दै विजयी शुरुवात गर्न चाहन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
